काठमाडौं, असोज १७ – नेकपा एमालेका नेता, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित संघीय समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ ।
Kesab

उहाँले संघीय समाजवादीको तर्फबाट काठमाडौं ६ बाट उम्मेद्वारी दर्ता गर्दै हुनुहुन्छ ।

Comments

comments

1 Comment for this entry

  • Arjun yonjan Tamang says:

    संखुवासभामा एमालेको मुटु प्वाल परयो, अपराजीत यात्रामा लाग्यो ब्रेक ।

    संखुवासभा जिल्ला क्षेत्र नं.२ अर्न्तगत सिध्दपोखरी गा.वि.स. मा सङ्घीय समाजवादी पार्टी, नेपालले संगठन विस्तार गरेको छ । सङ्घीय समाजवादी पार्टीको संगठन विस्तार सँगै एमालेको मुटुको रूपमा स्थापीत यस क्षेत्रमा प्वाल परेको छ । मुटुनै प्वाल परे पछि स्थानिय तह देखि केन्द्र सम्म एमाले पार्टी भित्र खैलावैला र हाहाकार मच्चिएको छ । सङ्घीय समाजवादी पार्टीको संगठन विस्तारमा अवरोध सिर्जना गर्न जिल्ला देखि क्षेत्र हुँदै केन्द्र सम्मका एमाले नेताहरू सम्पुर्ण शक्ति प्रयोग गरेर लागि परेपनि अन्ततः त्यो सफल हुन सकेन । २०७०।६।१२ गते शनिवारका दिन सङ्घीय समाजवादी पार्टी, नेपाल जिल्ला तदर्थ समिति संखुवासभाको संयोजकत्वमा प्रारम्भीक अन्तरकृया कार्यक्रम सम्पन्न गरी सिध्दपोखरी गा.वि.स. भेला आयोजक समिति निर्माण गरीएको छ ।
    सङ्घीय समाजवादी पार्टी, नेपाल संखुवासभा जिल्ला तदर्थ समिति अध्यक्ष श्री कवानसेन रार्इ को संयजकत्वमा संचालीत अन्तरकृया कार्यक्रम पोखरी वजार स्थीत शारदा उच्च माध्यमिक विधालयको हलमा आयोजना गरीएको थियो । कार्यक्रममा प्रमुख अतिथी सङ्घीय समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज श्री भिम रार्इ, अतिथीहरू केन्द्रीय सदस्य एवं संखुवासभा क्षेत्र नं.२ का प्रत्यक्ष उम्मेव्दार श्री दिपक याख्खा, सङ्घीय समाजवादी तामाङ संघ नेपालका केन्द्रीय सदस्य एवं संखुवासभा क्षेत्र नं.२ का समानुपातिक उम्मेव्दार श्री केशर बहादुर तामाङ, जिल्लाका वरीष्ठ उपाध्यक्ष श्री कृष्ण प्र. बम्जन तामाङ, सुनसरी जिल्ला सदस्य अर्जुन योन्जन तामाङ, सङ्घीय सांस्कृतिक महासंघ सुनसरी जिल्ला सदस्य आर.के.गोङ्वा तामाङ को उपस्थीति रहेको थियो ।
    एतिहासीक जातिय पृष्ठभुमीको आधारमा पहिचान सहितको संघीय गणराज्य स्थापना र सङ्घीयता सहितको संविधान निर्माण गर्नेछ भन्ने विश्वासमा देशभरीका जनताले दिएको मत र समर्थनलार्इ लत्याउदै एमाले पार्टीले गत संविधान सभामा उत्पीडनमा परेका जनजाति लगाएत सम्पूर्ण नेपालीको हितमा लेखिन लागेको संविधान जारी हुन नदिर्इ कुटिल षडयन्त्र गरी मुलुकलार्इ चिरकाल सम्म उच्चजाति अहङकारी अतिवादि एकात्मक ब्राम्हणवादीहरूको पक्षपोषणमा एकांकी निर्णय गरेर अगाडी बढेको हुँदा यो कम्युनिष्ट पार्टी नभर्इ एकल जातिय बाहुन (ब्राम्हण) पार्टी भएको निष्कर्श सहित एमाले परीत्याग गरी सङ्घीय समाजवादी पार्टीमा आबध्द भएको संखुवासभा क्षेत्र नं.२ का समानुपातिक उम्मेव्दार श्री केशर बहादुर तामाङले बताउनु भयो ।
    आदिवासी जनजातिको वाहुल्यता रहेको संखुवासभाको निर्वाचन क्षेत्र नं. २ मा २०४६ सालको प्रजातन्त्र स्थापना पछि जनताले निरन्तर आफ्नो अमुल्य मत दिएर जिताउदै आएको थियो । त्यसमा पनि संखुवसभाको निर्वाचन क्षेत्र नं. २ मा एमालेलार्इ विजय गराउन सिध्दपोखरी गा.वि.स.का जनताले निर्णायक भुमिका खेल्दै आएको हुँदा यो सिध्दपोखरी गा.वि.स. एमाले पार्टीको मुटुको रूपमा स्थपीत रहेको थियो । तर एमाले, कांग्रेस, एमाओवादी, माओवादी र मन्च सम्वध्द लिम्वुवानका कार्यकर्ता तथा नेताहरू सबै एकतावध्द भएर सङ्घीय समाजवादी पार्टीमा सङ्गठीत भर्इ अगाडी बड्ने सहकार्य भए पछि संखुवासभा क्षेत्र नं.२ मा नेकपा एमालेको अपराजित यात्रा समाप्त भएको छ ।