जनकपुर ९, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल र मधेश समता पार्टीबीच एकीकरण भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश समता पार्टीका अध्यक्ष बेचन मुखियाले पार्टी एकता भएको घोषणा गरेका छन् ।

धनुषाको बघचौडामा मंगलबार आयोजित एकीकरण तथा पार्टी प्रवेश कार्यक्रममा मधेश समता पार्टीको सिङ्गो नेतृत्व र क्रियाशील कार्यक्रम फोरम नेपालमा प्रवेश गरेका छन् ।

मधेश समता पार्टीका तत्कालीन अध्यक्ष एवं सांसद् मेघराज निषाद केपी ओली नेतृत्वको एमाले सरकारमा सहभागी भएपछि पार्टीको बहुमत पदाधिकारीले साधारण सदस्य समेत नरहने गरी निषादलाई निष्काशन गरेको थियो ।

स्थानीय तहको दोस्रो चरणको चुनावी तयारीसँग मधेशमा उपेन्द्र यादवको बढ्दो प्रभाव र मधेशको मुद्दासँग सहमत भएर बेचन मुखिया अध्यक्ष रहेको मधेश समता पार्टी फोरम नेपालमा प्रवेश गरेको हो । सो पार्टीका उपाध्यक्षद्धय कृष्ण प्रसाद सहनी र जितेन्द्र सहनी लगायत सिंगो पदाधिकारीलाई उपेन्द्र यादवले स्वागत गरेका छन् ।

धनुषाको बहुचौरा, कजरा रमौल, पुरनदाहा, धनुषाधाम, चोरा कोयलपुर लगायत विभिन्न ९ वटा गाउँका हजारौं कार्यकर्ता कार्यक्रममा सहभागी थिए ।

Source: http://bigulnews.com

Comments

comments

: News

Leave a Reply