काठमाडौँ, २६ जेठ । सङ्घीय समाजवादी फोरम नेपाल र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टीबीच आज एकीकरण भएको छ ।

रिपोर्टर्स क्लबमा आज पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकताको औपचारिक रुपमा घोषणा गरिएको हो ।

सो अवसरमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष यादवले पार्टी एकतासँगै उत्पीडित र पछाडि परेका समुदायको अधिकार र समानताका लागि प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो ।

अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नवनिर्वाचित सरकारले सहमतिअनुरुप संविधान संशोधनको प्रक्रिया अघि बढाएर आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जनसहभागिता बढाउने वातावरणको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

सद्भावना पार्टीकी अध्यक्ष सरिता गिरीले मधेसका जनता निर्वाचनको पक्षमा रहेको बताउँदै सबैको सहभागितालाई सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । रासस

Comments

comments

: News

Leave a Reply