ससफो नेपालद्वारा सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा राहत सङ्कलन ।

काठमाडौँ, २०७४ भाद्र २ । सङ्घीय समाजबादी फोरम नेपालले तराई/मधेसको वाढी पहिरो पीडित दाजुभाईहरूको घाउमा थोरै भएपनी मल्हम पट्टि लगाइदिने उद्देश्यले तीन दिनदेखि नेवाः प्रदेशका जनताबिच पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको अगुवाइमा राहत सामाग्री सङ्कलन कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा जनताहरुद्वारा लत्ताकपडा, खाद्यान्न, औषधि र नगद सहयोग गरेका छन् । बाढी पहिरोबाट अकालमै ज्यान गुमाएका जनताहरुप्रति भाबपुर्ण श्रद्दान्जली अर्पण गर्दै सङ्कलित सामाग्रीहरूलाई तत्कालै डुबान क्षेत्रमा पठाउने तयारी गरिएको छ ।

पार्टीको वाढी पहिरो सहयोग समितिले पहिलो र दोस्रो दिन नेवाः प्रदेशको काठमाडौँ र तेस्रो दिन ललितपुरमा राहत सङकलन गरेका थिए भने चौँथो दिन भक्तपुरमा सङ्कलन गर्ने लक्ष्य रहेको छ । राहत सङ्कलनका सन्दर्भमा स्थानीय पत्रकारहरूसँग कुरा गर्दै नेता श्रेष्ठले काठमाडौँवासीहरू पहाडमा भूकम्प गएको बेला जस्तै अहिले मधेसी जनताको दुःखमा संवेदनशील रहेको बताएका छन् ।

उनले सरकारले खोजी र उद्धारको काममा तदारुकताका साथ गर्न नसकेको तथा विगतमा भारतसँग गरिएका कोशी, गण्डकी लगायतका असमान सन्धीहरूले नेपालमा समस्या सृजना गरेको हुँदा सबै असमान सन्धीहरूको पुनराबलोकन गरी एकाइसौँ शताब्दी सुहाउँदो हुने गरी नयाँ सहमति कायम गर्नुपर्ने कुरा पनि सहअध्यक्ष श्रेष्ठले बताएका छन् ।

नेता श्रेष्ठले पुराना पार्टीहरूले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा दोहरो चरित्र प्रदर्शन गर्ने गरेकाले नेपालको राष्ट्रिय हितमा काम गर्न तिनीहरू असफल रहेको बताउँदै पुर्खाहरूले गरेको गल्तिलाई अव नयाँ पुस्ताले सच्याउन पहल गर्नुपर्ने कुरा बताए । उनले पीडितलाई तात्कालिक रूपमा राहत तथा दीर्घकालीन रूपमा पुनर्स्थापनको आवश्यक भएकाले यसमा तत्काल ध्यान पुर्याउन सरकारसँग माग गरे । उनले सरकार नपुगेको ठाउँमा पनि सङ्घिय समाजवादी फोरम नेपालले बाढी पीडितहरूका लागि आफ्नो पाार्टीले सक्रियका साथ काम गरेकोमा कार्यकर्ताहरू धन्यवादका पात्र रहेको बताए ।

ससफो नेपालले वाढी पीडितको सहयागार्थ राजेन्द्र श्रेष्ठको संयोजकत्वमा मूल समिति तथा पार्टी केन्द्रीय सदस्य विद्युत बज्रचार्यको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरेको थियो । पार्टीले सबै नेता कार्यकर्ता तथा देश विदेशका पार्टी तथा भातृ सङ्गठहरूलाई पनि मन खोलेर सहयोग गर्न अपिल गरेको छ । पार्टीले राहत सहयोगको लागि प्रतिव्यक्ति निम्नानुसारको न्युनतम दायित्व तोकि यथासिघ्र केन्द्रीय कोषमा रकम जम्मा गर्न निर्देशन गरिएको छ ।
दायित्व

१) पदाधिकारी तथा राजनीतिक समिति सदस्यहरू. रू ३०००/–
२) केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका सदस्यहरू रू. २०००/–
३) केन्द्रीय परिषद सदस्यहरू रू. १०००/–
४) क्रियाशिल सदस्यहरू रू. १००/–
५) माननिय सांसदहरू १ महिनाको तलब
६) नेपाली सङ्घीय समाजबाट नेफेसो केन्द्रीय सम्पर्क समितिले तोके बमोजिम ।

Comments

comments

: News

Leave a Reply