धनकुटा, २१ भदौ । संघीय समाजवादी फोरम नेपालले धनकुटाको भेँडेटारमा मंगलबार देखि सुरु गरेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आज बिहिबार सम्पन्न गरेको छ ।

धनकुटाको भेडेटारमा सम्पन्न उक्त कार्यक्रम बलबहादुर राईको अध्यक्षतामा तथा पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । आगामी प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा संघीय समाजवादी फोरम, नेपालले पार्टी प्रशिक्षण कार्यक्रम विभिन्न जिल्लाहरुमा सञ्चालन गर्दै आएको छ । आउँदो निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका कार्यकर्ताहरुलाई प्रशिक्षित बनाउनका लागी विभिन्न विषयहरुमा लिम्बुवान प्रदेशका प्रत्येक जिल्लामा प्रशिक्षण कार्यक्रम आयोजना गरिने लिम्बुवान प्रदेश सचिव केदार धिमालले बताउनु भयो ।

पार्टी सचिव नगेन्द्र मादेनले संचालन र लिला राज लावतीले स्वागत गरेको उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको बैचारिक दिशा, पहिचानको आन्दोलन र संविान संशोधन प्रस्तावको असफलताले उब्जाएका राजनीतिक प्रश्नहरु बारे प्रशिक्षण दिनुभएको थियो । उहाँले पार्टीको वैचारिक कार्यदिशा संघीय समाजवादको स्थापना, रणनीतिक कार्यदिशा सामाजिक परिवर्तनका लागि शक्ति संचय र संगठनात्मक कार्यदिशा जन संघर्ष र प्रतिस्पर्धामा श्रेष्ठता स्थापित गर्न सक्ने पार्टीको निर्माण भएको बताउनु भयो ।

पार्टीका उपाध्यक्ष रकम चेम्जोङले स्थानिय चुनाबको रणनीति, प्रदेश तथा आम निर्वाचन र बर्तमान परिस्थिति, अर्का उपाध्यक्ष युवराज कार्कीले पहिचानको आन्दोलनमा खस जातिको भूमिका, पार्टीका सचिव पर्शुराम बस्नेतले पार्टीको कार्यदिशा, राजनीतिक समिति सदस्य सञ्जय सिंहले संघीयता र मधेस आन्दोलन, राजनीतिक समिति सदस्य एवम् लिम्बुवान प्रदेश समिति अध्यक्ष खगेन्द्र माखिमले पहिचान र लिम्बुवान आन्दोलन, राजनीतिक समिति सदस्य एवम् लिम्बुवान प्रदेश समिति इन्चार्ज आरसी तुम्बाले निर्वाचनमा लागेका आरोप, भएका षड्यन्त्र र कमजोरीको विषयमा र त्यसैगरि लिम्बुवान प्रदेश समिति सचिव केदार धिमालले पहिचानको आन्दोलनमा थातथलो खुलेका जातिहरुको भूमिकाको विषयमा प्रशिक्षण दिएका थिए ।

Comments

comments

Leave a Reply