आदर्णिय दाजुभाई तथा दिदीबहिनीहरु
सर्वप्रथम यहाहरुलाई हाम्रो पार्टीको तर्फबाट हार्दिक स्वागत गर्न चहान्छु । अहिलेको देशको अवस्था र जनताको चाहाना प्रति हामी अत्यन्तै सम्बेदनशिल रहदै आएका छौ । विभिन्न आरोहअवरोह पार गर्दै निष्पक्ष संविधान र संमृद्ध राष्ट्र निर्माणको लागि हामी आज यहा सम्म आईपुगेका छौ । दशकौदशकको राजनैतिक अनुभव सहित देश निर्माणको आकांक्षालाई पुरा गर्न हामी अन्ततः यसरी संगठित हुन विवस छौ ।

देशका पुराना तथा यथास्थितीवादी पार्टीहरुबाट हामीले विकास र परिवर्तनको आस गर्नु निरथक भईसकेको कारण जनताको जोडदार दबाबले यो ‘सङ्घीय समाजवादी फोरम, नेपाल’ (गत १५ जुन २०१५ का दिन मधेशी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस समावेशि पार्टी बीच एकिकरण भई) पार्टी स्थापना भएको छ । देश समुन्नत बनाऔ, सबै जनतामा समान अधिकार प्राप्तहोस भन्ने चाहाना राख्नुहुने तपाई प्रत्येक ब्यक्तिको सद्भाव र सहयोगबाट नै यो पार्टीको स्थापना भएको हो । यो ऐतिहासिक घडिमा यहाहरु सबैलाई धन्यवाद दिदै देश निर्माण गर्न हामी सक्छौ । हामी संग ढृढ इच्छा र आकाक्षाहरु छन् । देशको यो भताभुङ्गे अवस्थालाई मध्येनजर राख्दै देश निर्माणको खाँचोलाई हामी पूरा गर्न चाहान्छौ । त्यसको लागि यहाहरु सबैको साथसहयोग हामीलाई चाहिन्छ । हिजो सम्म जेजस्तो अवस्थामा रहेपनि अब देश र जनतालाई सम्झेर हामी संगसंगै हातेमालो गरी अगाडि बढौ भन्ने आग्रह गर्दछु ।

संसारका समाजवादी राजनैतिक शक्ति तथा गैर समाजवादी शक्ति लगायत प्रवासमा रहनु भएका लाखौ नेपालीहरु संग पनि नजिक रहेर हामीले पाइला सार्न शुरुवात गरेका छौ । यहाहरुको सल्लाह, सुझाव तथा प्रतिक्रियाको आस गर्दछौ । यहाको सानो सरसल्लाह र सहयोगले ठूलो परिवर्तन हुन सक्दछ । त्यसैले यो नेपाल निर्माणको अभियानमा हामी संगसगै रहौ । काँधमाकाँध मिलाई अघि बढौ ।

जय सङ्घीय अभिवादन


उपेन्द्र यादव
अध्यक्ष
सङ्घीय समाजवादी फोरम, नेपाल
केन्द्रीय समिति


असोक कुमार राई
वरिष्ठ नेता
सङ्घीय समाजवादी फोरम, नेपाल
केन्द्रीय समिति


राजेन्द्र श्रेष्ठ
सहअध्यक्ष
सङ्घीय समाजवादी फोरम, नेपाल
केन्द्रीय समिति